नेपाल रेडक्रस सोसाइटीले १९९६ मा रक्त संक्रमण सेवा शुरू गरेको थियो | काठमाडौंमा रहेको केन्द्रीय रक्त स्थान्तरण सेवा अहिलेसम्म सम्पूर्ण देशका लागि एकमात्र रेफरल सेन्टर हो, यसले केन्द्रलाई अपग्रेड गर्ने मात्र नभई विराटनगर, पोखरा, नेपालगन्ज र चितवनका क्षेत्रीय रक्त केन्द्रहरूको स्तरोन्नति गर्ने योजना पनि गरिरहेको छ। रक्त सेवा देशको ७३ जिल्लाहरुमा १०८ स्थानहरुमा स्थापित भइसकेको छ र खाँचोमा परेका बिरामीहरुलाई ४ लाख भन्दा बढी युनिट रगत र रगत अवयवहरु प्रदान गरिसकेको छ।